नेपाल भारत सिमानामा एकतर्फी रूपमा बाँधिएको बाँधका कारण नेपालले वर्षेनी क्षति व्यहोर्दै आइरहेको भन्दै नेपाली भूभाग डुबान हुन नदीनका लागि दीर्घकालिन कुटिनीतिक पहल गर्न पोखराका विभिन्न सङ्घसंस्थाले सरकारसँग माग गरेका छन् ।
इन्सेक क्षेत्रीय कार्यलय पोखराका संयोजक शिव खकुरेल, शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक ढाकाराम पौडेल, गैरसरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष पदम पहारी, मानव अधिकार संरक्षण मञ्च कास्कीका अध्यक्ष कमल अर्याल, कोक्याप पोखराका क्षेत्रीय कार्यक्रम अधिकृत पुष्पराज कोइराला, महिला मानव अधिकार रक्षक सजाल, कास्कीकी अध्यक्ष जानकी शर्मा, मानव अधिकार एलाइन्स कास्कीका अध्यक्ष रामचन्द्र पौडेल, सिविनकी कार्यक्रम अधिकृत सरिता पुरी, मानव अधिकार निगरानी समूह कास्कीकी अध्यक्ष दुर्गा केसी र युवा सञ्जाल कास्कीका अध्यक्ष सचिन गिरीले साउन २९ गते संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
प्रेस विज्ञप्तिमा भनिएको छ-‘वर्षेनी हुने यस्ता प्राकृतिक प्रकोपहरूको विपत, जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि दीर्घकालिन रणनीतिक योजना बनाउन साथै बाढीपछिको सम्भावित महामारी रोगको नियन्त्रणको तत्काल व्यवस्थालगायत प्रमुख जिम्मेवारी पूरा गर्न नेपाल सरकारसँग जोडदार आग्रह गर्दछौँ ।’