टेम्केमैयुङ गाउँपालिका-५ खावाकी ४६ वर्षीया पवित्रा राईको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय छोरा सन्देश राईलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर ९ गते आमा पवित्रालाई कुटपिट गरेका थिए । आरोपितविरूद्ध पीडित पक्षले मङ्सिर २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
कुटपिटबाट घाइते पीडितलाई उपचारका लागि मङ्सिर २४ गते जिल्ला अस्पताल लैजानेका क्रममा मृत्यु भएपछि पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको इन्स्पेक्टर विशाल लिम्बूले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा मङ्सिर २५ गते गरी गरिएको छ । पीडित पक्षले मङ्सिर २५ गते शव बुझी टेम्केमैयुङ गाउँपालिका-५ खावामा सद्गत् गरेको छ ।