भगवतीमाई गाउँपालिका–२ रुम गाउँकी २१ वर्षीया रञ्जना रावतले घरेलु हिंसा गर्ने गरेको आराेपमा पति २७ वर्षीय देबिड बोहोरा विरुद्ध मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय दैलेखको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा उजुरी गर्नुभएको छ ।
घरायसी सामान्य कुरा विवाद निकाल्दै दिनहुँ जस्तो कुटपिट गरेको पीडितले आराेप लगाउनु भयाे । पतिले मङ्सिर २५ गते विहान ढाड र तीघ्रामा गम्भीर चोट लागेको कारण उजुरी गर्न बाध्य भएको पीडितले इन्सेकलाई बताउनुभयो ।
पीडितको उपचार दैलेख अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा निशुल्क उपचार गराएको पीडितलाई सोसेक नेपालको आपतकालिन आश्रय भवनमा खान व्यवस्था मिलाइएको र आराेपितलाई छलफलका लागि झिकाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।