INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाका आरोपित विरुद्ध उजुरी

गोलबजार नगरपालिका—१० की २० वर्षीया सिता कुमारी महतोलाई उनका २९ वर्षीय पति उमेश कुमार महतो र २८ वर्षीया जेठानी संगिता महतोले आत्महत्या दुरुत्साहन गरेको आरोपमा पीडित परिवारले आरोपितहरू विरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा ०८० मङ्सिर २४ गते उजुरी दिए ।

पीडित परिवारका अनुसार गत वैशाखमा छोरीको विवाह गरेको तर घर परिवारले यातना दिएको कारण उनले मङ्सिर २३ गते आत्महत्या गरेको हुनाले आरोपितहरू विरुद्ध उजुरी दिएको मृतकका बुबा सियाराम महतोले बताए । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल लहानमा मङ्सिर २४ गते भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेका अनुसार घटनाको अनुसन्धान भइरहेका बताउनु भयो ।

अन्य

भिडियो