INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया दुई जना बालिकालाई काठमाडौमा जागिर लगाइदिने भन्दै गुम्बामा पुर्‍याएर राखेको भन्दै धार्चे गाउपालिका–७ हाल गोरखा नगरपालिका– ६ वस्ने २७ वर्षीया विसमायाँ गुरुङलाई प्रहरीले मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।

मानव सेवा आश्रममा बस्दै आउनुभएका दुई जना बालिका मङ्सिर २० गते विद्यालयबाट आश्रम नआई सम्पर्क विहिन बनेपछि खोजतलासको क्रममा मङ्सिर २१ गते दुवै जनालाई गोरखा नगरपालिका–७ स्थित निर्माणाधिन गुम्बामा लुकिछीपी बसेको अवस्थामा फेला पारिएको थियो ।

बालिकाहरुसंग सोधपुछका क्रममा आरोपित गुरुङले काठमाडौ लगेर जागिर लगाइदिने प्रलोभन देखाएको खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी इन्सपेक्टर रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।

आरोपित विरुद्ध मानव सेवा आश्रमकी सञ्चालिका मुना लामाले मङ्सिर २४ गते उजुरी दिनुभएको थियो ।

आरोपितलाई गिरफ्तार गरी मानव वेचविखन तथा ओसार पसार कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो