INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराले म्याग्दीमा मानव अधिकारका आधारभुत विषय र समसामयिक समस्याका बारेमा सरोकारवाला निकायसँग साउन २५ गते छलफल गरेको छ ।

Photo20170810Myagdi

कार्यक्रममा सहभागीले आत्महत्या, ज्येष्ठ नागरिकको समस्या, वैदेशिक रोजगारका कारण पारिवारमा उत्पन्न हुने विखण्डन, द्वन्द्वपीडितका समस्या, अपाङ्गता भएका व्यक्तिको अधिकारलगायतका समस्याहरूको समाधान गर्न आवश्यक रहेको बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाभित्रका प्रमुख आवश्यकताको सूची तयार गरी सोही अनुसार आगामी दिनमा आयोगमार्फत गरिने कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

आयोगका तर्फबाट बालबालिका, महिला, आर्थिक, खाद्य र स्वास्थ्य, सामूहिक, शिक्षा, सामाजिक, सांस्कृतिक, नागरिक तथा राजनीतिकलगायतका विषयमा छलफल गरिएको थियो ।

सो कार्यक्रममा सहभागी द्वन्द्वपीडितले आफ्ना न्युनतम अधिकारसमेत राज्यले पुरा नगरेको गुनासो गरेका थिए । उनीहरूले द्वन्द्वकालमा भोगेका घटनाबाट पीडितले न्याय नपाएको गुनासोसमेत गरे ।

आयोगले जिल्लामा भएको छलफलमा उठेका विषयवस्तुका आधारमा केन्द्रीत भएर राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन तयार पार्ने आयोगका मानव अधिकार अधिकृत खिमलाल सुवेदीले बताए ।

अन्य

भिडियो