INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार सङ्कलनका क्रममा पत्रकारमाथि हातपात र दुर्व्यवहार

विराटनगर महानगरपालिका-१६ रानीका ३१ वर्षीय पत्रकार प्रेम देवानले समाचार सङ्कलनका क्रममा विराटनगर महानगरपालिका परिसरमा मङ्सिर २१ गते आन्दोनकारीबाट हातपात र दुर्व्यवहार भएको आरोप लगाउनु भएको छ ।

विराटनगर महानगरपालिका-७ स्थित सातघुम्ती मोडमा ०८० मङ्सिर २० गते कवाडीखानामा आगलागी भएको र आगो नियन्त्रणका लागि महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै स्थानीयले मङ्सिर २१ गते महानगरपालिका घेरेपछि आवर विराटनगर डटनेटका लागि समाचार सङ्कलनका लागि पुग्दा आफूलाई आन्दोलनरत पक्षबाट हातपात र दुर्व्यवहार भएको पीडित पत्रकारले बताउनु भयो ।

आन्दोलनरत पक्षले समाचार सङ्कलनका लागि फोन गरी विराटनगर महानगरपालिका–७ स्थित महानगरपालिका कार्यालय परिसरमा बोलाएको र आफू पुग्दासाथ हातपातका साथै दुर्व्यवहार गरिएको पीडित पत्रकारको आरोप छ ।

हातपातका कारण पत्रकार देवानको बाँया हातमा चलाउन समस्या भएको छ ।

घटनाका आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरिएको आवर विराटनगर डटनेटका सम्पादक नवराज कट्टेलले बताउनु भयो ।

पत्रकारमाथि भएको दुर्व्यवहारको पत्रकारसम्वद्ध सङ्घसंस्थाले विरोध गरेका छन् ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।

photo 202301207 Morang 1

Photo 20231207 Morang

अन्य

भिडियो