महागढीमाई नगरपालिका–३ गँजभवानीपुर की २८ वर्षीया सलमा खातुनलाई ३० वर्षीय पति आसिक देवानले कुटपिट गरेको आरोपमा ०८० मङ्सिर १९ गते पीडीतले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भएको छ ।
आरोपित पतिले पीडितलाई मङ्सिर ६ गते सानो तिनो कुरामा बादबिवाद हुँदा मुक्का प्रहार गरी ढाडको रिढमा ठूलो चोट पुर्याई घाइते बनाएको पीडितले बताउनु भयो । त्यस्तै, आरोपितले पटक पटक कुटपिट र गालिगलौज गरेको हुनाले एक साथ बस्न नसक्ने पनि पीडितले बताउनु भयो । घटना पश्चात पीडित माइतबाटै उपचार गराइरहेकी उहाँले आफनो दुखेसो पोख्नु भयो ।
पीडीतको उपचार मङ्सिर १४ गतेदेखि जितपुर सिमरा होस्पीटलमा भइरहेको छ र रिढको एमआर गराउनु पर्छ भनि डाक्टरले सल्लाह दिएको पीडितले बताउनु भयो ।
दुवै पक्षलाई बोलाइ घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिनु भयो ।