INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी  बराहताल गाउँपालिका– १० की ४० वर्षीया गंगा बस्नेत र सोही पालिकाको वडा नम्बर  १० कै ४२ वर्षीया सावित्रा सुनारलाई मङ्सिर २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।

पीडित बस्नेतले आफु र नाबालिका १२ वर्षीया छोरीलाई छिमेकी ३१ वर्षीय बालकृष्ण कुमाईले हातपात र जबरजस्तीकरणी गरेपछि जिल्ला अदालतमा मुद्दाको प्रकृयाको लागि आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परको बताउनुभयो ।

मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा कात्तिक २० गते निवेदन दिनुभएको थियो ।

त्यस्तै गरी , अर्की पीडित सुनारले आफूलाई पतिले घरेलु हिंसा गरी मानसिक रुपमा समेत यातना दिएपछि घरेलु हिसा, खानाखर्चसहित सम्बन्ध विच्छेदको निवेदन जिल्ला अदालतमा दिएपछि कानुनी प्रकृयामा जान आर्थिक समस्या भएको बताउनुभयो । उहाँले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा कात्तिक १९ गते निवेदन दिनुभएको थियो ।

दुबै जनाको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको कात्तिक २२ गते बसेको बैठकको निर्णय अनुसार नगद चार हजार पाँच सय रुपियाँका दरले दुबै जनालाई जम्मा नाै हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनभयो ।

पीडित दुबै जनालाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ । संयोजक सुवेदीले इन्सेकको सहयोगले कानुनी प्रक्रियामा केही सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

Photo20231206Surkhet (1)

Photo20231206Surkhet (2)

अन्य

भिडियो