INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडितद्वारा न्यायको लागि पहल गरीदिन इन्सेकलाई आग्रह

सोरु गाउँपालिका–५ नेर गाउँमा घर भइ हाल छायानाथ रारा नगरपालिका–१ न्युरोड बस्दै आएकी २० वर्षीया सिद्ध बुढालाई पति २२ वर्षीय योसेफ शाहीले मङ्सिर १८ गते हिंसात्मक व्यवहार गर्ने र सुतेको बेला कोठामा आएर कुटपिट गरेको पीडितले आरोप लगाउनुभयो । घरेलु हिंसाबाट पीडित भएपछि पीडितले न्यायको लागि पहल गरीदिन इन्सेकलाई आग्रह गर्नुभएको छ ।

सानो उमेरमा नै विवाह गरेकै कारण पतिबाट अपहेलित र दुव्र्यवहार सहेर बस्न परेको छ । पति ठकुरी र आफू क्षेत्री भएको कारणले समेत तुच्छ व्यवहार , कुटपिट र जातीय दुर्व्यवहार गरेको पीडित बुढाले बताउनु भयो ।

विगत ३/४ महिना देखि  पति आफूसँग नबस्ने गरेकाे र आफू सानो दुई वर्षको छोरासँग बस्दै आइरहेकाेमा पतिले मेरो  बेइज्जत गरिस भनेर मलाई उल्टो आरोप लगाउने गरेको उहाँले बताउनु भयो ।
आफूले लामो समय देखि हिंसा भोग्दै आइरहेको तर पनि कुनै पनि क्षेत्रमा उजुरी दिन नसकेको पीडितले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

अहिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । विभिन्न संघ संस्थाले लैङ्गिक हिंसा विरुद्धको  विभिन्न कार्यक्रम सुरु गरेको भएता पनि अर्को तर्फ भने महिलामाथि अमानवीय व्यवहार र हिंसा भइरहेको छ ।

जिल्लामा हिंसाका घटना भइरहेका हुन्छन तर उजुरी प्रकृयामा नआउने गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

Photo20231206Mugu (1)

Photo20231206Mugu (2)

 

अन्य

भिडियो