३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० मङ्सिर १९ गते बरहथवा नगरपालिका–८ का ३६ वर्षीय दिपेन्द्र कुमार सुमनविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडितलाई मङ्सिर ८ गते पीडितकै घरमा आएर कुटपिट गर्नुका साथै बलात्कार प्रयास समेत गरेको पीडितको आरोप रहेको छ ।
घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर चन्देश्वर यादवले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।