INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँकार्यपालिका सदस्यमाथि निर्घात कुटपिट

नौगाड गाउँपालिका–१ कसाड निवासी नौगाड गाउँपालिका कार्यपालिका सदस्य ३० वर्षीया बसन्ती ठगुन्नालाई ०८० मङ्सिर १५ गते राति जेठाजु नाता पर्ने जयराम ठगुन्नाले निर्धात कुटपिट गर्नुभएको छ ।

कुटपिटबाट टाउँको र अनुहारमा गहिरो चोट लागि घाइते हुनुभएको ठकुन्नाको मङ्सिर १६ गते जिल्ला अस्पताल, दार्चुलामा उपचार सम्भव नभएपछि निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गरेर थप उपचारको लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनु भयो ।

रातिको समयमा घर भित्र प्रवेश गरी जेठाजुले निर्धात रुपमा कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पति विदेशमा हुनुहुन्छ । राति १० बजे एक्कासी ढोकामा आवाज आयो । ढोका खोलेपछि जेठाजु कोठा भित्र प्रवेश गरी निर्धात रुपमा कुटपिट गर्नु भयो ।’

पीडित पक्षले आरोपित विरुद्ध मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको र आरोपित फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य उपचार धनगढीस्थित मायामेट्रो अस्पतालमा भइरहेको छ । पीडित नेपाल काम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट गाउँकार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको थियो ।

photo20231205darchula (3)

 

अन्य

भिडियो