INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लम्कीचुहा नगरपालिका–१ का २८ वर्षीय राजेश भन्ने राजु पाण्डे विरुद्ध पीडित पक्षले मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको छ ।

पीडितलाई विवाहको प्रलोभनमा पारी धनगढी ल्याएर बलात्कार गरी अलपत्र छोडेर आरोपित सम्पर्क विहिन रहेकाले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरी परिचालन गरी आरोपितको खोजीकार्य भइरहेको जिल्ला  प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले इन्सेक प्रतिनिधीसँगको भेटमा बताउनु भयो ।

पीडतको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो