INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित पति र सासुविरुद्ध उजुरी

प्रसौनी गाउँपालिका–३ लौतनकी ३५ वर्षीया मन्जु देवीलाई गालीगलौज तथा कुटपिट गरेको आरोपमा पीडितले पति र सासुविरुद्ध ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो ।

पीडितका अनुसार आफूले दुई ओटी छोरीको मात्र जन्म दिएको र छोरा नजन्माएको भन्दै आरोपितहरू ३७ वर्षीय पति उपेन्द्र साह तेली र ५८ वर्षीया सासु शिव कुमारी साहले ०८० मङ्सिर १६ गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको बताउनु भयो । पीडितको स्वस्थ्य उपचार सोही दिन स्थानीय क्लिनिकमा भयो ।

आरोपित ज्वाइले नसालु पदार्थ सेवन गरी पटक पटक कुटपिट गर्नुको साथै छोरीको औषधि उपचारमा समेत बेवास्था गरी अर्को विवाह गर्ने धम्की समेत दिएको पीडितका ६५ वर्षीय बुबा राम प्रसाद साहको आरोप रहेको छ । हाल पीडित माइतमा बस्दै आइरहेको उहाँले बताउनु भयो ।

पीडीत र आरोपित दुवै पक्षलाई बोलाई घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिनु भयो ।

अन्य

भिडियो