१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाटन नगरपालिका–३ गुजरका २१ वर्षीय राजेश लुहारलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८० जेठ १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १६ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर योगेश खत्रीले बताउनु भयो ।
अरोपित विरुद्ध उजुरी दर्ता गरिएको भए पनि घटनालाई कमजोर बनाउन प्रयासहरु भइरहेकोले आवश्यक सहयोग गरी दिन पीडतका बुवाले इन्सेकलाई अनुरोध समेत गर्नुभएको छ ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १६ गते प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा गरिएको छ ।