INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर १३ गते सागर मेडिकलमा एक्सरे गर्ने बेलामा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय, मङ्गलटारमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते धुलिखेल अस्पतालमा भयो ।

अन्य

भिडियो