INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी  वीरेन्द्रनगरपालिका–१ खजुरा की ३४ वर्षीया राज कुमारी शाहीलाई मङ्सिर १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।

अन्तरजातीय विवाह गरेको कारण घरपरिवारबाट दैनिक हिंसा गर्ने र केही वास्ता नगर्ने गरेपछि पति सन्तबहादुर दमाईले दोसा्रे विवाह गरेर मलाई सम्बन्ध विच्छेद गर्न बाध्य बनाएकोले हाल पतिले छोराछोरीको पालनपोषणमा खर्च समेत नदिने भएपछि समस्यामा परको बताउनुभयो ।

मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको मागगर्दै इन्सेकमा कात्तिक ४ गते निवेदन दिनुभएको थियो ।

सोही निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको कात्तिक २२ गते बसेको बैठकको निर्णय अनुसार नगद ६ हजार पाँच सय रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनभयो ।

पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

Photo20231201Surkhet

अन्य

भिडियो