INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका कसुरदार गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर भएका रामप्रसादराई गाउँपालिका-१ बैकुण्ठेका २६ वर्षीय सुन्दर राईलाई प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७३ असोज १९ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ०७९ माघ १८ गते दोषी ठहर गरेको थियो ।

आरोपितविरूद्ध पीडित पक्षले ०७३ असोज २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितविरूद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०७३ कात्तिक १५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतले दोषी ठहर गर्दै ०७९ माघ १८ गते पाँच वर्ष कैद सजायको फैसला गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७३ असोज २१ गते गरिएको थियो ।

अन्य

भिडियो