१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले नेपाली सेनाको सन्दी प्रसाद गण लमजुङ्गमा कार्यरत २६ वर्षीय मदन मगरविरुद्ध मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दर्ता गराएका छन् ।
पीडितलाई आरोपितले ०७९ माघ १२ गते बलात्कार गरेर सम्पर्क विहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।
उजुरीका आधारमा कारवाही अगाडि बढाएको र आरोपितको खोजी भइरहेको डिएसपी भट्टले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।