INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी भ्यानमै बम विष्फोट

सशस्त्र समूह प्रगतिशील तराई मुक्ति मोर्चाले साउन २१ गते राति गस्तीमा हिँडेको इलाका प्रहरी कार्यालय कडरबोनाको बा.१ झ ७३९२ नम्बरको भ्यानमा बम विष्फोट गराएको छ ।

Photo20170806Saptari

प्रहरी भ्यानलाई लक्षित गरी सुरूङ्गा नपा-६ स्थित सडकमा खाल्डो खनी बिछ्याएको प्रेसर कुकर बम विष्फोटले भ्यान क्षतिग्रस्त भएको छ । साउन ४ गते मात्र अस्तित्वमा आएको सो समूहका संयोजक ‘सिजन’ले राति साढे नौ बजे बम विष्फोट गराएको जिम्मा लिएका छन् ।

Photo20170806Saptari1

इलाका प्रहरी कार्यालयबाट दुई किलोमिटर उत्तर-पश्चिमतर्फरहेको श्रीपुर गाउँमा गस्तीमा गइरहेको बेला भएको बम विष्फोटले भ्यानको अगाडिको भाग क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।

एसपी सिंहका अनुसार इलाका प्रहरी कार्यालयका इञ्चार्ज इन्स्पेक्टर राजेन्द्र यादवसहित भ्यानमा सवार १२ जना प्रहरी सकुशल रहेका छन् ।

अन्य

भिडियो