INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन तथा ओसारपसार गरेको कसूरमा कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको कसूरमा घोडाघोडी नगपालिका–१ की ३० वर्षीया लक्ष्मी नेपालीलाई मङ्सिर १२ गते एक वर्ष कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसुर ठहर गरी एक वर्ष कैद सजाय र ५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत चेतबहादुर बोहराले बताउनु भयो ।

पीडित बालिकालाई २०७९ चैत १४ गते बेचबिखन तथा ओसारपसार गरेको भन्दै पीडित पक्षले चैत १४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा बेचविखन तथा ओसारपसार अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले ०८० वैशाख ११ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७९ चैत १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो