INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका–४ का २५ वर्षीय दिपेन्द्र कुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा ०८० मङ्सिर १२ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको  बताउनु भयो ।

घटनापछि आरोपित महतो फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका सई सुवाश यादवले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो