कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो ।
आरोपितले सानो तिनो कुरामा बादविवाद गरी कुटपिट गरेकाे पीडितले बताउनु भयाे । कुटपिटबाट घाइते भएकी पीडितकाे दायाँ हात समेत भाचिएकाे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिनु भयो ।
पीडितको उपचार मङ्सिर ११ गतेदेखि प्रादेशिक अस्पताल कलैयमा भइरहेकाे छ ।
घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने इन्सपेक्टर कठायतले जानकारी दिनु भयो ।