INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको अनुगमन र समीक्षा गर्न जिल्ला समन्वय समिति गठन

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाहरूको जिल्लास्तरमा कार्यान्वयनको सुनिश्चितताको लागि ०८० मङ्सिर ११ गते जिल्ला स्तरीय मानव अधिकार जिल्ला समन्वय समिति गठन भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको संयोजकत्वमा जिल्लाका विभिन्न सरकारी निकायहरूमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारीहरू, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला न्यायाधिवक्ता, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित तीन ओटा नगरपालिकाका प्रमुखहरू र नौ ओटा गाउँपालिकाका प्रमुखहरू, नेपाल बार इकाइका प्रमुख, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, गैसस महासङ्घका अध्यक्ष तथा जिल्ला समन्वय सदस्य सचिव रहने गरी जिल्ला समन्वय समिति गठन भएको जिल्ला समन्वय अधिकारी गोमादेवी ढकाल पौड्यालले बताउनु भयो ।

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०७७/७८ – २०८१/८२) तथा विश्वव्यापी आवधिक पुनरालोकन (तेस्रो चक्र) बाट प्राप्त सिफारिश तथा कार्ययोजना कार्यान्वयनका लागि जिल्ला स्तरमा मानव अधिकार जिल्ला समन्वय समिति गठन भएको जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले बताउनु भयो । यस समितिको मुख्य जिम्मेवारी स्थानीय तहमा समिति गठन गर्न सहजिकरण गर्ने जिल्लाको मानव अधिकारको अवस्था बारे समिक्षा गर्ने मुख्य काम रहने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला स्तरमा मानव अधिकारको अवस्था अनुगमन तथा समीक्षा गर्न जिल्ला समन्वय समिति गठन गर्न इन्सेक प्रतिनिधिको पहल रहेको थियो ।

अन्य

भिडियो