INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटना आरोपित गिरफ्तार

नौमूले गाउँपालिका–४ कालिका ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेको आरोपमा पत्नी ३५ वर्षीया सीता योगीलाई प्रहरीले मङ्सिर १० गते घरबाट गिरफ्तार गरेको छ ।

घरायसी विवादमा मङ्सिर ९ गते राति ढिडो पकाएको भड्डूले टाउकोमा प्रहार गरी पतिको हत्या गरेको भनि पीडित पक्षले मङ्सिर १० गते दिएको उजुरीको आधारमा आरोपित महिलालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमार्टम मङ्सिर ११ गते जिल्ला अस्पतालमा भयो ।

आरोपितलाई दैलेख जिल्ला अदालतबाट सात दिनको म्याद लिइ प्रहरी हिरासतमा राखिएको डीएसपी लम्सालले बताउनुभयो ।

अन्य

भिडियो