१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले ०८० मङ्सिर ८ गते गोरखाको सहिद लखनथापा गाउँपालिका-६ का २३ वर्षीय सन्जोक श्रेष्ठलाई १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना र ५ लाख रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला सुनाएको छ ।
पीडित बालिकालाई श्रेष्ठले ०७९ कात्तिक १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १५ गते धादिङ अस्पतालमा भयो । श्रेष्ठ सोही दिन गिरफ्तार भएका थिए ।