INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा टिकापुर नगपालिका–४ अस्नेहरीका ४१ वर्षीय डबलसिंह ठकुरीलाई मङ्सिर ६ गते एक महिना कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसूर ठहर गरी एक महिना कैद सजाय, १० हजार रुपियाँ जरिवाना र २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत चेतबहादुर बोहराले बताउनु भयो ।

पीडित बालिकालाई २०७९ पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपित विरुद्ध पीडित पक्षले पुस २ गते ईलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जवरजस्तीकरणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०७९ पुस २८ गते ५० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ पुस २ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।

अन्य

भिडियो