१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुङ्गाको चम्पादेबी गाउँपालिका-९ का १७ वर्षीय बालकलाई प्रहरीले ०८० मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ५ गते इलाका प्रहरी कार्यालय, बनेपामा उजुरी दियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते धुलिखेल अस्पतालमा भयो ।