पचरौता नगरपालिका–७ बेनौलीमा ०८० मङ्सिर ४ गते दुई पक्षबीच झडप हुँदा दुई जना घाईते भएका छन् ।
प्रत्येक वर्षझैं ०८० मङ्सिर ५ गते झण्डा मेला लगाउने विषयमा सोमबार राती १० बजेको समयमा बसेको बैठकमा मेला कहाँ लगाउने सन्दर्भमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झडपको क्रममा ढुङ्गामुढा हानाहान हुँदा सोही वडाका ४० बर्षीय लक्ष्मी पटेल र ४२ बर्षीय चन्द्रिका पटेल घाइते भएका छन् ।
उक्त घटनालाई नियन्त्रणमा लिन तत्काल प्रहरीको टोली खटाइ अवस्था सामान्य बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्योपानेले बताउनु भयो ।
पीडीत चन्द्रिका पटेलका ३३ बर्षीय पत्नी मनीता देवीका अनुसार “मेरो पती मेला लगाउने भनी बसेको बैठकमा सुन्न मात्र जानुभएको थियो । तर, तर मेला कहाँ लगाउने विषयमा एक्कासी बादविवाद भइ झडप भयो । सोही क्रममा मेरो पतीको टाउको इटा प्रहार हँुदा गम्भीर घाईते हुनु भयो । उहाँको उपचार वीरगंजको न्युरो होस्पीटलमा भइरहेको छ ।”
घाइतेहरूको उपचार एल एस न्युरो होस्पीटल वीरगंजमा भइरहेको डिएसपि दधिराम न्योपानेले बताउनु भयो ।