INSEC Online

📅 २०८३ जेष्ठ २१

भरतपुर-१९ मा २० गते चुनाव

भरतपुर महानगरपालिका-१९ मा यही साउन २० गते शुक्रबार मतदान गर्ने निर्णय गरिएको छ । साउन १७ गते बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।

निर्वाचन आयोगले तत्काल नयाँ मिति तय गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरलाई निर्देशन दिएको थियो ।

सो निर्देशन पश्चात कार्यालयले साउन १७ गते दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको थियो । बैठकमा सबै दलको सहमति अनुसार साउन २० गतेको लागि निर्वाचन मिति तय गरिएको नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताए ।

१९ नम्बर वडामा आफूहरूले सोचे जति मत नआएपछि माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते राति मतपत्र च्यातेको एमालेको आरोप छ । त्यसपछि निर्वाचन आयोगले पुनः चुनाव गर्ने निर्णय गरेको थियो ।

पुनः चुनाव गर्ने निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । उक्त मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले भरतपुर-१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि साउन २० गते चुनाव हुन लागेको हो ।

अन्य

भिडियो