INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी र छोरा हत्या घटनाका आरोपित गिरफ्तार

नौबहीनी गाउँपालिका — ३ की २२ वर्षीया रिमा बुढामगर र तीन वर्षीय मुस्कान बुढामगरको हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय कमल बुढामगरलाई प्रहरीले मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

आरोपितले पत्नी र छोराको ०८० कात्तिक २७ गते हत्या गरेर घर भन्दा टाढा रहेको खरबारीमा फालेको  भन्दै  मृतक पक्षले मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए  ।

घरमा नभेटिएपछि खोज्दै जदाँ मृतकहरूको शव मङ्सिर १ गते  खरबारीको खोल्सा भेटिएको डिएसपी इश्वर थापाले बताउनु भयो ।

शवको पोष्टमार्टम  मङ्सिर ३ गते जिल्ला अस्पताल बिजुवारमा गरी परिवारको जिम्मा लगाएको डिएसपी इश्वर थापाले बताउनु भयो ।

अन्य

भिडियो