INSEC Online

📅 २०८३ जेष्ठ २१

बिरामी पर्न थाले त्रिपालमूनि बस्न बाध्य भूकम्प पीडित

भूकम्प पीडितहरुको समय मै उचित व्यवस्थापन हुन नसकेपछि त्रिपालमूनि बस्न बाध्ये भूकम्प पीडित परिवारहरुले सास्ती खेप्नुपरेको छ ।

photo20231113kailali (2)

जयपृथ्वी नगरपालिका–१० चैनपुरकी रचना ओखेडाले तीन जनाको परिवार असोज १६ गतेदेखि खेतबारीमा त्रिपाल टाँगेर बस्न बाध्य भएका कारण सबै परिवारहरु बिरामी पर्न थालेको दुखेसो पोख्नु भयो । जिल्ला सदरमुकाम चैनपुर र तलकोट गाउँपालिका केन्द्रबिन्दु भएर असोज १६ गते दिउसो आएको भूकम्पले घर पूरै भत्किएपछि पीडित परिवारले घर भित्रका सामान निकाल्न पाउनु भएन् । एकसरो लुगाका भरमा आफूहरु त्रिपालमूनी कष्टकर जिवन बाँच्न बाध्य भएकोले सम्पूर्ण परिवार बिरामी पर्दै गएको पीडित ओखेडोले बताउनु भयो ।

photo20231113kailali (3)

उहाँले भन्नु भयो– ‘एकसरो कपडाका भरमा त्रिपालमूनी बस्न बाध्य छौँ । छोराछोरी जाडोले बिरामी परेका छन् ।,’रातभर बिरामीहरूकै स्याहार गर्नै ठिक्क छ । आर्थिक अवस्था कमजोर भएका कारण बिरामी छोराछोरीको उपचार पनि गर्न सकिएको छैन् ।’

थलारा गाउँपालिका–९ सिरेटाकी प्रजना थापाको परिवार पनि दयनीय अवस्थामा बस्न बाध्य छन् । सात महिना की सुत्केरी प्रजना र उनको बच्चा पनि चिसोका कारण समस्यामा परेका छन् । पालमूनी शीत चुहिएर रातभर सुत्नै समस्या भएको पीडित प्रजनाले दुखेसो पोख्नु भयो ।

photo20231113kailali (5)

उहाँले भन्नु भयोे– ‘राति जाडोले सुत्नै सकिन्न् । म पनि बिरामी परेकी छु । चिसो मौसममा विपत्ति हुँदा ठूलो समस्या भएको छ । न घर रर्‍यो, न घर भित्रको सामान नै, ।’ सरकारले दिएको एउटा त्रिपाल, कम्बलले परिवारलाई चिसोबाट जोगाउन समस्या भइरहेको उहाँको भनाइ छ ।

जिल्ला अस्पतालमा पनि ज्वरो र रुघाखोकीका बिरामी बढिरहेको अस्पतालका सूचना अधिकारी नारायण जोशीले बताउनु भयो । ज्वरोका बिरामी बढ्न थाले । दैनिक ३० / ४० जना ज्वरो र रुघाखोकीको उपचारका लागि आइरहेका छन् ।’ जयपृथ्वी नगरपालिका–१० चैनपुरका बलबहादुर सुनारले टोलका झन्डै १५ परिवारले खेतबारीमा त्रिपाल टाँगेर बसिरहेको बताउनु भयो । ‘संघसंस्थाले हरेक परिवारलाई एउटा त्रिपाल र कम्बल दिएको छ । त्यसले पुरै परिवार बस्न समस्या भएको छ ?’ उहाँले भन्नु भयो, ‘एकसरो कपडाको भरमा कष्टपूर्ण रुप्मा बसिरहेका छौँ ।’

photo20231113kailali (4)

उद्धार र राहतको काम करिब सकिएकाले अब पीडितहरूको स्वास्थ्य अवस्थामा ध्यान दिनुपर्ने देखिएको थलारा गाउँपालिका–९ का वडाध्यक्ष लोकेन्द्रबहादुर विष्टले बताउनु भयो । ‘पानी शुद्धीकरण गरेर पिउन अनुरोध गरिएको छौँ । स्वास्थ्य समस्या देखिए पीडितहरु बसेकै स्थानमा स्वास्थ्यकर्मी पठाउने व्यवस्था मिलाएका छौँ ।’ उहाँले भन्नु भयो, ‘औषधि सबै स्वास्थ्य संस्थामा पर्याप्त छ । भत्किएका घरहरु पुननिर्माणका लागि गाउँपालिकामा छलफल भरहेको छ ।’

photo20231113kailali (7)

अन्य

भिडियो