तिलागुफा नगरपालिका–६ की २६ वर्षीया अमृता कुमारी शाहीले आफूलाई २९ वर्षीय पति दिपेन्द्र शाहीले घर निकाला गरेको आरोपमा कार्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
आरोपित शाहीले कात्तिक १३ गते घर छोड्न भन्दै नछोडे मार्ने धम्की दिएर घर निकाला गरेपछि पीडितले आरोपितविरुद्ध उजुरी दिनुभएको हो ।
आफूलाई घरमा बस्दा पनि खान लगाउ नदिने नागरिकता पनि नबनाउने र घरमा बसे मार्ने धम्की दिएपछि जिल्ला प्रहरी कार्यालयमा इन्सेक प्रतिनिधिको सहयोगमा निवेदन दिएको पीडितको भनाइ रहेको छ ।
आरोपित शाहीविरुद्ध निवेदन दिएपछि अनुसन्धानका लागि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केशिले बताउनुभयो ।