INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी दर्ता

मुगु जिल्ला सोरू गाउँपालिका–८ सोरूकी २७ वर्षीया महिलालाई बलात्कार गरी पाँच महिनाको बच्चा राखी गर्भवती बनाएको आरोपमा हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–१ तुम्चाका ३७ वर्षीय मदनबहादुर हमाल विरुद्ध पीडित पक्षले कात्तिक २२ गते जिल्ला प्रहरी कार्यायलमा उजुरी दिनुभएको  छ ।

आरोपीतले असार ५ गते सर्केगाड गाउँपालिका–१ स्थित तुम्चको बालुकुना जङ्गलमा बलात्कार गरेको आरोपमा पीडित पक्षको आरोप छ । पीडित पक्षले कात्तिक २२ जिल्ला प्रहरी कार्यालयमा बलात्कार मुद्दामा उजुरी गरेको इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

पीडितको उजुरीका आधारमा आरोपितको खोजी कार्य भइरहेको इन्स्पेक्टर चन्दले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २३ गते जिल्ला अस्पताल हुम्लामा गरिएको जिल्ला अस्पताल  डा. सुनिल पुजाराले बताउनुभयो ।

अन्य

भिडियो