शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी समस्यालाई समाधान गर्नु पर्ने मागराखि कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहले ०८० कात्तिक २२ गते कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरहादुर ऐरलार्ई ध्यानाकर्षण—पत्र बुझाएको छ ।
स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृत ऐरलाई ध्यानाकर्षण—पत्र बुझाइएको हो ।

अनिवार्य, निःशुल्क, सुरक्षित र गुणस्तरीय प्राविधिक शिक्षा लागु गर्नु पर्ने, नेपाल सरकारबाट उपलब्ध गराइने सबै प्रकारको औषधि निःशुल्क वितरण गर्नु पर्ने, वातावरण संरक्षणमा गाउँपालिकाले नीति बनाएर कार्यान्वयन गर्नु पर्ने र समाजमा व्याप्त जातीय विभेद, लैङ्गि हिंसा जस्ता समस्यालाई नीति तथा कानुन बनाएर समाधान गर्नु पर्ने ध्यानाकर्षण—पत्रमा उल्लेख गरिएको छ ।
कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर ऐरले मानव अधिकार समूहले विगतका वर्षदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेकोले मानव अधिकार समूूहलाई धन्यवाद दिदै जनताको समस्या समाधान गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो ।
मानव अधिकार समूहका अध्यक्ष मानबहादुर चौधरी, सचिव ज्ञानु चौधरीलगायतको टोलीले प्रमुख प्रशासकीय अधिकृत ऐरलाई ध्यानाकर्षण—पत्र बुझाउनु भएको थियो ।
