३६ वर्षीया महिलालाई बलात्कार प्रयास तथा ज्यान मार्ने धम्की दिएको आरोपमा ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वाका ३४ वर्षीय अबधेस राय यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० कात्तिक १९ गते उजुरी दिनु भएको छ।
रोजगारीको शिलशिलामा विगत एक वर्षदेखि पति कतारमा रहेको र घरमा आफू एक्लै भएकोले आरोपितले असोज २८ गतेदेखि बारम्बार बलात्कार प्रयास गरेको पीडितको आरोप रहेको छ । साथै आरोपितले कात्तिक १४ गते गालिगलौज तथा कुटपिट गरी ज्यान मार्ने धम्की समेत दिएकोले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितले बताउनु भयो ।
घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडितको घाउ जाँच तथा स्वास्थ्य परिक्षण कात्तिक १९ गते जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।