२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–३ हर्मी घुरेका २९ वर्षीय सन्जिव अधिकारीलाई प्रहरीले कात्तिक १९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई २०८० साउन २ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपित विरुद्ध कात्तिक २० गते बलात्कार कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण काित्तक १९ गते गोरखा अस्पतालमा गरिएको थियो ।