INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकार दुई र संरक्षण परियोजनाको समीक्षा तथा योजना बैठक शुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा ०८० कात्तिक २० गते बर्दियाको ठाकुरद्वारामा अधिकार दुई र सङरक्षण परियोजनाको समीक्षा तथा योजना बैठक शुरु भएको छ ।

कार्यक्रममा  इन्सेकका व्यवस्थापन प्रमुख सुवेच्छा खड्काले इन्सेक र डिसिएबिचको साझेदारीलाई दिगो बनाउन सकेमा मानव अधिकार उल्लङ्घनका घटनाहरुबाट पीडित व्यक्तिहरुको न्यायीक प्रकृया र न्याय सम्पादनमा सहयोग पुर्‍याउन सकिने बताउनु भयो ।

डिसिएका कार्यक्रम अधिकृत सूर्यकुमारी विश्वकर्माले डिसिएको सहयोग र समन्वय मार्फत प्राप्त गरिएका उपलब्धीहरुको व्यवस्थित अभिलेखन कार्यले दबै संस्थाको सफलतामा पारदर्शिता आउने बताउनु भयो ।

मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्बन्धी ऐनको कार्यान्वयनका लागि इन्सेकको प्रयास र पहल सराहनीय रहेको बताउँदै मानव अधिकार रक्षक, दलित, महिला र पछाडी पारिएका नागरिकहरुको अधिकारको सुरक्षा, मानव अधिकार र सामाजिक न्याय स्थापनार्थ इन्सेकसँगै रहेर सन् २०२७ सम्म काम गर्ने बताउनु भयो ।

कार्यक्रम सञ्चालनका क्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार अन्र्तगतका विविध पक्षहरुमा इन्सेकले भूमिका निर्वाह गर्दै आएको र डिसिएको सहयोगमा अझ थप क्षेत्रलाई समेट्दै मानव अधिकारमैत्री समाज निर्माणमा योगदान पुर्‍याउन सकिने बताउँनु भयो ।

इन्सेक सुदुरपश्चिम कार्यालयका संयोजक खडकराज जोशीले डिसिए र इन्सेकको सम्बन्धलाई दिर्घकालीन बनाउन आन्तरिक कमजोरीहरुलाई सुधार्दै लैजान सकेमा मानव अधिकार उल्लङ्घन र ज्यादतीबाट पीडत एवम् प्रभावित व्यक्तिहरुलाई न्याय दिलाउन पहल र सहयोग गर्न सकिने बताउनु भयो ।

अन्य

भिडियो