जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको भूकम्प पीडितहरु खुल्ला आकाशमुनि रात विताएका छन् । विनासकारी भूकम्पकले मानवीय तथा भौतिक क्षति बेहोरेका नागरिकले समयमा राहत समाग्री नपाउँदा खुल्ला आकाशभनि रात विताएका हुन् । घरबाँस र आफन्त गुमाएका नागरिकले आगो बालेर रात विताएका छन् ।
भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाँउपालिका, बारेकोट गाँउपालिकामा नागरिक पुन भुकम्प आउछ की भन्ने त्रासले खुल्ला आकाश मुनी चिसो मौसममा रात विताएको छ । सदरमुकाम खलंगाका भुकम्प प्रभावतिले सित र जाडो छल्ने त्रिपाल पाएपनि नलगाड नगरपालिका, भेरी नगरपालिका, कुशे गाँउपालिका लगाएतका ग्रामीण बस्तीका नागरिकले त्रिपाल समेत पाउन नसकेपछि खुल्ला आकाशमुनि बस्न बाध्य छन् ।
भेरीनगरपालिका– ३ राधामाधव समितिका अध्यक्ष ओमसिह राठौरले ठुलो जनधनको क्षेति पुर्याएको भेरी ३ को माथिल्लो थाप्लेका भुकम्प प्रभावितलाई सित छल्नको लागी त्रिपालको व्यवस्था गरेको बताउनु भयो ।
बस्ने घरसगै भित्रको सामाग्री नष्ट भएपछि नागरिकलाई के खाने ? कहाँ बस्ने हो भन्ने चिन्ताले सताइरहेको छ । माथिल्लो थाप्लेका नागरिकलाई बाँसगाँसका लागि सहयोग गरिएको छ । आफनो परिवारपनि भुकम्पबाट प्रभावित भएका राठौरले ग्रामीण बस्तीका नागरिकलाई समितिले सहयोग गर्ने बताउनु भयो ।
आफन्त र भौतिक सम्पत्ति गुमाएका गरिब, बिपन्न परिवारलाई शोक मग्न भएपनि बाचेकाले के खाउ के लाउ भन्ने अवस्थामा परेका छन् । जिल्ला सदरमुकामा राहत दिनका लागि बाहिरबाट सहयोगी जिल्ला सदरमुकाम देखि ग्रामीण बस्ती पुगेका छैनन् । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले स्थानीय सरकारले भुकम्प प्रभावितको तथ्याङ्क सङ्कलनका आधारम राहत वितरण वितरण शुरु गर्ने बताउनु भयो ।
भूकम्पबाट पुर्णरुपमा प्रभावितलाई नागरिकलाई त्रिपाल र केहि सामाग्री सहयोग गरेको बताउनु भयो । भुकम्प प्रभावित क्षेत्रका सबैलाई राहत सामाग्री वितरण गरिने सरोकारवाला निकायसग छलफल समन्वय भइरहेको उहाँको भनाइ छ ।
भेरी नगरपालिका–३ माथिल्लो थाप्लेका नागरिकले नेपाली काग्रेस पाटी कार्यालयको चौरमा त्रिपालमुनी रात काटेका छन् ।


