INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्धकाे उजुरी दर्ता

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेकाे घटनाका आरोपित कर्जन्हा नगरपालिका–३ का २१ वर्षीय अशोक दास विरुद्ध पीडित पक्षले दिनएकाे उजुरी ०८० कात्तिक १६ गते इलाका प्रहरी कार्यालय मिर्चैयाले दर्ता गरेकाे छ ।

आरोपितले बालिकालाई ०८० भदौ ९ गते यौन दुर्व्यवहार गरेको पीडितकी आमाले बताउनु भयाे । तर, छोरीले पछि मात्र जानकारी गराएको हुनाले असोज २ गते उजुरी दिएको उहाँले बताउनु भयो । पीडितकाे स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा कात्तिक १५ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार घटनाको जानकारी पीडित पक्षले हुलाक मार्फत पठाएको र घटना अनुसन्धान गरी पीडित पक्षलाई उजुरी सनाखत गरी मुद्दा दर्ता गरेको बताउनु भयो । घटनाका आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो