INSEC Online

📅 २०८३ जेष्ठ २१

जाजरकोटमा भूकम्पमा परी ९२ जनाको मृत्यु ,सयौँको सङ्ख्यामा घाइते

बारेकोट गाँउपालिका रामीडाँडा केन्द्र विन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको ६.४ म्याग्नित्युडको  भूकम्पमा परी ९२ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका –३ र १ नलगाड नगरपालिका, बारेकोट गाँउपालिका, कुशे गाँउपालिका र छेडागाड नगरपालिकामा धनजनको ठुलो क्षति भएको छ ।

मध्यराति गएको भूकम्पमा परी नलगाड नगरपालिकाका उप प्रमुख सरिता सिहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार हिजो राती गएको भुकम्पमा परी ९२ जनाको मृत्यु भएको बताउनु भयो ।

घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई सुर्खेत,नेपालगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रोकाले बताउनु भयो । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाण्डौ लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताउनु भयो ।

भेरी नगरपालिका–३ पिपलडाडाँ, माथील्लो थाप्ले ,भेरी – १ को रावतगाउमा ठुलो क्षति भएको छ । रातभर नागरिक र सडक, विद्यालयको प्राङ्गनमा रात कटाएका छन् । ठाँउ ठाँउमा पहिरो गएका कारण भूकम्प प्रभावितलाई उद्धार गर्न समस्या भएको छ ।

Photo20231104Jajarkot (1)

 

Photo20231104Jajarkot (2)

Photo20231104Jajarkot (3)

अन्य

भिडियो