INSEC Online

📅 २०८३ जेष्ठ २२

गस्तीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा १२ जना गिरफ्तार

गस्तीमा रहेका प्रहरी, अर्खाबाङ्ग प्रहरी चौकीका इन्चार्ज असई ४९ वर्षीय बिष्णुबहादुर गाहा र प्रहरी हबल्दार ३९ वर्षीय प्रकाश मुराउलाई कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई गिरफ्तार गरेको छ ।

आरोपितहरू मालिका गाउँपालिका–३ का ३९ वर्षीया सन्तबहादुर थापा, २४ वर्षीय अनिल थापा, १९ वर्षीय बिशाल थापा, २२ वर्षीय बिकल्प थापा, ३१ वर्षीय भरत थापा, ४२ वर्षीय नारायण पाण्डेय, १९ वर्षीय विपिन थापा, ३३ वषीय नरेन्द्र थापा, ३३ वर्षीय गुञ्जबहादुर थापालाई कात्तिक ११ गते र मालिका गाउँपालिका–२ का २७ वर्षीय केशव खड्का, वडा नं ८ का २० वर्षीय साहिल जिसीलाई  र वडा नं.६ का २४ वर्षीय अनिल ठकुरीलाई कात्तिक १२ गते गिरफ्तार गरिएको  जिल्ला प्रहरी कार्यालयका एसपी नविन किशोर प्रधानले  जानकारी दिनु भयो ।

पीडितहरूलाई आरोपितहरूले कात्तिक १० गते मादक पदार्थ सेवन गरी मालिका गाउँपालिका–४ अर्खबाङ्गमा कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नविन किशोर प्रधानले जानकारी दिनुभयो ।

घाइते गाहाको दाहिने आँखा र मुराउको बाँया आँखा र कानमा चोट लागेको छ । घाइते दुबैजनाको रण अम्बिका आँखा अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गिरफ्तार गरिएकाहरूलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ‘राष्ट्रसेवकलाई बाधा बिरोध गर्न नहुने’ (सार्वजनिक शान्तिविरूद्ध) को कसुरमा कात्तिक १२ गते म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो