मोरङ मधुमल्ला गाउँपालिका घर भई हाल शुक्लागण्डकी नपा-७ मालेबगरमा डेरा लिई बस्दै आएकी ३५ वर्षीया बुद्धिमाया राईलाई घन प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय कुमार राईलाई साउन ११ गते गिरफ्तार गरेको छ ।
सामान्य घरायसी विवादमा राईले साउन ११ गते पत्नीको टाउकोमा घनले हान्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।
राईलाई इलाका प्रहरी कार्यालय, बेलचौताराले तत्कालै नियन्त्रण लिएको थियो । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गुरुङले बताए ।