INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० कात्तिक १० गते कौडेना गाउँपालिका–६ ईनरवाका ३७ वर्षीय रुपेश यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

आरोपितले पीडितलाई कात्तिक २ गते पीडितकै घरमा कुटपिट गर्नुका साथै बलात्कार प्रयास समेत गरेको पीडितकाे आरोप रहेकाे छ ।

घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

पीडितको घाउ जाँच तथा स्वास्थ्य परीक्षण कात्तिक १० गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

अन्य

भिडियो