जनकपुरधाम उपमहानगरपालिका–२१ की ३५ वर्षीया सितलि देवि यादवलाई कुटपिट गरेको भन्दै ४० वर्षीय पति मनोज यादव, २९ वर्षीय देवर अशोक यादव र ७० वर्षीय ससुरा रामभरोस यादवविरुद्ध ०८० कार्तिक ४ गते अस्थायी प्रहरी चौकी कुर्थामा पीडितले उजुरी दिएकी छिन् ।
आरोपितहरूले पीडितलाई कात्तिक ३ गते कुटपिट गरेको आरोप रहेको छ । घर जग्गा अंशवण्डाको विषयमा विवाद हुँदा आरोपितहरू मध्ये पतिले बाँसको लट्ठी प्रहाह गरेको थियो भने अन्य आरोपितहरू देबर र ससुराले गालीगलौज गरेको पीडित महिलाले बताउनु भयो ।
पीडित महिलाको उपचार ०८० कात्तिक ४ गते रामजानकी अस्पताल जनकपुरधाममा उपचार भएको पीडितले बताउनु भयो । घटना बारे थप अनुसन्धान भइरहेको अस्थायी प्रहरी चौकी कुर्थाका असई श्रीनरायण साहले जानकारी दिनु भयो ।