INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पले चर्किएको जीर्ण भवनमा विद्यार्थीहरु पठनपाठन गर्न बाध्य

सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालय तुम्चका विद्यार्थी भूकम्पले एक वर्षदेखि चर्किएको विद्यालय भवनमा पठनपाठन गर्न बाध्य भएका छन् ।

भूकम्पका कारण कक्षाकोठाका भित्ता पनि चर्किएका छन  । डेक्सबेन्च पनि पर्याप्त छैनन । चिसो भूइमा अध्यायन गर्नु पर्ने बाध्यता भएको विद्यार्थीले गुनासो गरेका छन् । पानी परेको दिन त भित्ताबाट पानी पसेर कक्षाकोठामा ताल बन्ने गरेको कक्षा ६ मा अध्ययनरत यामराज जैसीले गुनासो गर्नुभयो ।

उहाँले ‘राम्रोसँग बसेर पढ्ने कक्षाकोठा पनि छैन बताउनुभयो । त्यस्तै कक्षा ८ का समराज कटुवालका अनुसार कक्षाकोठामा ढुंगा, काठको फल्याक बिछ्याएर पढ्नुपर्छ, त्यो पनि सबैले पाउँदैनन् ।

धेरैजसो विद्यार्थी ढुङ्गाामा काठको फल्याक बिछ्याएर पढ्दै आएका छन् । चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएको सो विद्यालय कक्षा ८ मा अध्यायनरत शर्मिला रावतले गुनसो गर्नुभयो ।

विद्यालयमा २ सय २० जना बालबालिका यतिखेर भूकम्पले भत्काएको जीर्ण भवनको त्रासमा पठनपाठन गर्न बाध्य भएको सो विदालयका प्रधानाध्यापक कालिबहादुर रावतले बताउनु भएको छ । उहाँका अनुसार विद्यालयका लागि गाउँपालिकासंग भौतिक संरचनाको माग गरे पनि कसैले सुनुवाइ नगरेको हो ।

सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख विरजंग शाहीले विद्यालय भवन मर्मत र डेक्सबेन्चका लागि गाउँपालिकाले पहल गर्ने बताउनुभयो ।

सो विषयमा गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीसंग बुझ्दा उहाँले .हाल पालिकाले भवन निर्माण गर्न सक्ने अवस्था नभएको तर केही भौतिक संरचनाका लागि आफू पनि लाग्ने बताउनुभयो ।

यस गाँउपालिका भरी ३२ विद्यालय छन  । संघसंस्था वा प्रदेश, संघ सरकारले अनुदान दिएपछि मात्रै सम्भव हुने बताउनुभयो ।

Photo20231022Humla (1)

Photo20231022Humla (3)

Photo20231022Humla (2)

 

अन्य

भिडियो