२० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका-५ का ३८ वर्षीय शैलेश थारुलाई साउन ९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ९ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।