INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

आमचोक गाउँपालिका–६ की सात वर्षीया आकृति राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–६ वयाग्ङका २१ दिपचन्द्र राईलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

बालिका ०८० कात्तिक २ गतेदेखि हराएको र कात्तिक ४ गते आमचोक गाउँपालिका–६ स्थित थुम्की गुफामा बालिकाको कपडा खोलिएको अवस्थामा लास फेला परेको थियो ।

बालिकाका हराएको भन्दै पीडित पक्षले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि मौखिक उजुरी गरेको थियो ।

पीडित पक्षको उजुरीका आधारमा खोजी गरिएको र बालिकाको शव फेला परेपछि अनुसन्धानका लागि दिपचन्द्रलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूले बताउनु भयो ।

शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा राखिएको छ ।

शवको पोष्टमार्टम कात्तिक ५ गते गरिने तयारी गरिएको छ ।

अन्य

भिडियो