INSEC Online

📅 २०८३ जेष्ठ २१

चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

नारायण नगरपालिका-६ नमुना बस्तीकी २५ वर्षीया विष्णु वादीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २६ वर्षीय गोपाल वादीलाई साउन १० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन १० गते दिउँसो चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पीडित पक्षले टेलिफोनमार्फत उजुरी गरेका आधारमा प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले जानकारी दिए ।

पीडित महिलाको निधार र बायाँ आँखामा असर हुने गरी गरिएको चक्कु प्रहारबाट दुई ओटा गहिरो घाऊ लागेकोले पीडित महिलाको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनायो ।

अन्य

भिडियो