आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी चिङ्गाड गाउँपालिका–४ की २६ वर्षीया लक्ष्मी ज्ञवालीलाई कात्तिक २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि सहयोग गरेको छ ।
पतिले मरणासन्न हुनेगरी आफूलाई बारम्बार कुटपिट गरेकोले सम्बन्धविच्छेदको विषयमा कानुनी उपचारका लागि पीडितले जिल्ला अदालत सुर्खेतमा असोज १६ गते उजुरी दिनु भएको छ ।
मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको मागगर्दै इन्सेकमा असोज १५ गते निवेदन दिनुभएको थियो ।
सोही निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार नगद पाँच हजार पाँच सय रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनभयो ।
पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।
